स्थीर सरकार निर्माणका लागि सबैसँग छलफल गर्छु : नवनियुक्त मुख्यमन्त्री शाह « Khabarhub

स्थीर सरकार निर्माणका लागि सबैसँग छलफल गर्छु : नवनियुक्त मुख्यमन्त्री शाह


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थीर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन् । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गरे । लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहले भने, “मलाई जिम्मेवारी पनि महसुस भएको छ र चुनौती पनि छन, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न केही योजना भोलिका दिनमा बनाउनेछु, जुन प्रत्यक्षरुपमा जनताले अनुभुति गर्न सकून्” । विस्वासको मत कहिले लिनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले छिटोभन्दा छिटो लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : १६ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना