स्थीर सरकार निर्माणका लागि सबैसँग छलफल गर्छु : नवनियुक्त मुख्यमन्त्री शाह « Khabarhub

स्थीर सरकार निर्माणका लागि सबैसँग छलफल गर्छु : नवनियुक्त मुख्यमन्त्री शाह


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थीर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन् । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गरे । लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहले भने, “मलाई जिम्मेवारी पनि महसुस भएको छ र चुनौती पनि छन, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न केही योजना भोलिका दिनमा बनाउनेछु, जुन प्रत्यक्षरुपमा जनताले अनुभुति गर्न सकून्” । विस्वासको मत कहिले लिनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले छिटोभन्दा छिटो लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : १६ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।