गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु « Khabarhub

गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए ।

नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा निज परियारको मृत्यु भएको हो ।

मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्र्याक्टरका सहचालक हुन् । ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ०६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्