मन रमाउने चौतारी बन्दै मिलन केन्द्र « Khabarhub

मन रमाउने चौतारी बन्दै मिलन केन्द्र


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहरीया जीवन निकै व्यस्त छ, पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकलाई भेला पारी मन बिसाउने ठाउँ बनेको छ, पोखराको विन्ध्यवासिनी मन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र ।

सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई छ वर्षयता भेला पारी आफूजस्तै दौतरीसँग रमाइलो, आफ्ना बाल्यकाल र युवाअवस्थाका दुःखसुखका कुरा आदानप्रदान गर्ने साझा चौतारीका रूपमा विकास भएको छ ज्येष्ठ नागरिक मिलन केन्द्र ।

उमेर ढल्किँदै जाँदा घरमा एक्लो महशुस हुने र आफूजस्तै उमेर समूहका सँग अन्तरङ्ग कुराकानी गर्दा मन रमाउने भएर पनि ज्येष्ठ नागरिक मिलन केन्द्रमा वृद्धवृद्धाको सङ्ख्या बढेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले छ वर्षदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रमा दिनहुँ एक सयको सङ्ख्यामा उपस्थित हुने गर्छन् ।

विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरामा दिनप्रतिदिन रमाउन जानेको सङ्ख्या बढिरहेको छ । सुरुमा ५० जना उपस्थित हुने मिलन केन्द्रमा अहिले दैनिक एक सयभन्दा बढी जम्मा हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी मन्दिर वरपर क्षेत्रका वृद्धवृद्धा केन्द्रमा उपस्थित हुन्छन् । उनीहरूलाई रमाइलो गराउन भजनचुड्का तथा नाचगान गराइनुका साथै हप्ताको दुई दिन गीता पाठ, श्रीमद्भागवतको कथा वाचन गराइन्छ । साथै विभिन्न धार्मिक विषयमा प्रवचन दिने गरिएको जानकारी सचिव श्रेष्ठले दिए ।

गीता पाठ गर्दै वृद्धवृद्धाको मन खुसी पार्दै गरेका पूर्वप्राध्यापक आनन्दराज पराजुलीले ज्येष्ठ नागरिकलाई खुसी पार्दा आयु बढ्ने मात्र हैन, उनीहरूको मनसमेत प्रपूmल्ल पार्न सकिने बताए ।

त्यति मात्र हैन उनीहरूका लागि दिउँसोको खाजा व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गरिदिएको छ, । वृद्धवृद्धाको जन्मदिनसमेत मनाइदिने गरिएको छ । दिवा सेवाअन्तरगत सञ्चालित मिलनकेन्द्रमा आवश्यक पर्ने खाजा तथा जन्मदिन मनाउनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले व्यहोर्दै आएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

मिलन केन्द्रमा पुग्नुभएका ७६ वर्षीय ज्येष्ठ नागरिक पानप्रसाद आचार्यले घरमा मात्र बसिरहनुभन्दा केन्द्रमा आउँदा धार्मिक ज्ञान र आफ्ना दौँतरीसँग भेटघाट हुने र मनका कुरा साटासाट गर्न पाइने बताउँछन् । भजन र धार्मिक प्रवचनले जीवनका पीडा सबै भुल्ने गरेको भनाइ आचार्यको छ । आचार्यले भने, “म मात्र हैन श्रीमती पनि केन्द्रमा आउने गरेकी छन् ।”

विन्ध्यवासिनी मात्र हैन पोखराको लामाचौर, पस्र्याङ, छोरेपाटन, नयाँबजारलगायतका ठाउँमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा छन् । पोखराका केही वडा कार्यालय समेतले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरी सहयोग गर्दै आएका छन् । गरिब असहायका लागि भने वृद्धाश्रमसमेत खुलेका छन् ।
यस्ता मिलनकेन्द्रमा राज्यको खासै लागानी भने देखिएको छैन । यो मिलन केन्द्र मन्दिरको आम्दानीबाट चलेको छ । एक्लो जीवनले वृद्धावृद्धामा पारेको नकारात्मक प्रभाव घटाउन मिलन केन्द्र राम्रो विकल्प बनेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : १९ बजे

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको