मन रमाउने चौतारी बन्दै मिलन केन्द्र | Khabarhub Khabarhub

मन रमाउने चौतारी बन्दै मिलन केन्द्र


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहरीया जीवन निकै व्यस्त छ, पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकलाई भेला पारी मन बिसाउने ठाउँ बनेको छ, पोखराको विन्ध्यवासिनी मन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र ।

सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई छ वर्षयता भेला पारी आफूजस्तै दौतरीसँग रमाइलो, आफ्ना बाल्यकाल र युवाअवस्थाका दुःखसुखका कुरा आदानप्रदान गर्ने साझा चौतारीका रूपमा विकास भएको छ ज्येष्ठ नागरिक मिलन केन्द्र ।

उमेर ढल्किँदै जाँदा घरमा एक्लो महशुस हुने र आफूजस्तै उमेर समूहका सँग अन्तरङ्ग कुराकानी गर्दा मन रमाउने भएर पनि ज्येष्ठ नागरिक मिलन केन्द्रमा वृद्धवृद्धाको सङ्ख्या बढेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले छ वर्षदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रमा दिनहुँ एक सयको सङ्ख्यामा उपस्थित हुने गर्छन् ।

विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरामा दिनप्रतिदिन रमाउन जानेको सङ्ख्या बढिरहेको छ । सुरुमा ५० जना उपस्थित हुने मिलन केन्द्रमा अहिले दैनिक एक सयभन्दा बढी जम्मा हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी मन्दिर वरपर क्षेत्रका वृद्धवृद्धा केन्द्रमा उपस्थित हुन्छन् । उनीहरूलाई रमाइलो गराउन भजनचुड्का तथा नाचगान गराइनुका साथै हप्ताको दुई दिन गीता पाठ, श्रीमद्भागवतको कथा वाचन गराइन्छ । साथै विभिन्न धार्मिक विषयमा प्रवचन दिने गरिएको जानकारी सचिव श्रेष्ठले दिए ।

गीता पाठ गर्दै वृद्धवृद्धाको मन खुसी पार्दै गरेका पूर्वप्राध्यापक आनन्दराज पराजुलीले ज्येष्ठ नागरिकलाई खुसी पार्दा आयु बढ्ने मात्र हैन, उनीहरूको मनसमेत प्रपूmल्ल पार्न सकिने बताए ।

त्यति मात्र हैन उनीहरूका लागि दिउँसोको खाजा व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गरिदिएको छ, । वृद्धवृद्धाको जन्मदिनसमेत मनाइदिने गरिएको छ । दिवा सेवाअन्तरगत सञ्चालित मिलनकेन्द्रमा आवश्यक पर्ने खाजा तथा जन्मदिन मनाउनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले व्यहोर्दै आएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

मिलन केन्द्रमा पुग्नुभएका ७६ वर्षीय ज्येष्ठ नागरिक पानप्रसाद आचार्यले घरमा मात्र बसिरहनुभन्दा केन्द्रमा आउँदा धार्मिक ज्ञान र आफ्ना दौँतरीसँग भेटघाट हुने र मनका कुरा साटासाट गर्न पाइने बताउँछन् । भजन र धार्मिक प्रवचनले जीवनका पीडा सबै भुल्ने गरेको भनाइ आचार्यको छ । आचार्यले भने, “म मात्र हैन श्रीमती पनि केन्द्रमा आउने गरेकी छन् ।”

विन्ध्यवासिनी मात्र हैन पोखराको लामाचौर, पस्र्याङ, छोरेपाटन, नयाँबजारलगायतका ठाउँमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा छन् । पोखराका केही वडा कार्यालय समेतले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरी सहयोग गर्दै आएका छन् । गरिब असहायका लागि भने वृद्धाश्रमसमेत खुलेका छन् ।
यस्ता मिलनकेन्द्रमा राज्यको खासै लागानी भने देखिएको छैन । यो मिलन केन्द्र मन्दिरको आम्दानीबाट चलेको छ । एक्लो जीवनले वृद्धावृद्धामा पारेको नकारात्मक प्रभाव घटाउन मिलन केन्द्र राम्रो विकल्प बनेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : १९ बजे

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने