छुट्टा-छुट्दै दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टा-छुट्दै दुर्घटनामा दुई जनाको मृत्यु


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आज चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शङ्खर भोलोन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडौँ उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

त्यस्तै काभ्रेको बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प ३४८५ नं को स्कुटीले ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा बसमा ठक्कर खाएर दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए। दुवै दुर्घटनाका सवारी साधन र बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–२ ईताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरुलाई प्रहरीले लिई दुवै घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ४२ बजे

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव