छुट्टा-छुट्दै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टा-छुट्दै दुर्घटनामा दुई जनाको मृत्यु


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आज चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शङ्खर भोलोन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडौँ उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

त्यस्तै काभ्रेको बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प ३४८५ नं को स्कुटीले ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा बसमा ठक्कर खाएर दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए। दुवै दुर्घटनाका सवारी साधन र बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–२ ईताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरुलाई प्रहरीले लिई दुवै घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ४२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको