प्रचण्डविरूद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा « Khabarhub

प्रचण्डविरूद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेन्चमा परेको छ।

प्रचण्डविरूद्धको रिटको पेशी आज न्यायाधीश खतिवडाको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

आजको पेशी ६ नम्बरमा परेको छ। हिजो न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि हेर्दाहेर्दैमा राखिएको थियो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध दुई वटा रिट दायर गरेका छन्। अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए।

त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए। प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले संक्रमणकालीन अवस्थाका घटनाहरु अदालतले हेर्न नमिल्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ११ : १६ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका