जर्मनीको एक चर्चमा भएको गोली प्रहार हुँदा ७ जनाको मृत्यु « Khabarhub

जर्मनीको एक चर्चमा भएको गोली प्रहार हुँदा ७ जनाको मृत्यु


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बर्लिन – जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो ।

यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए ।तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको हो ।

गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ ।उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : २० बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु