‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक (भिडिओसहित) « Khabarhub

‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक (भिडिओसहित)


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियो बिहीबार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेका हुन् ।

कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भए पनि प्रभावकारी हुन नसकेको बताए । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रम अगाडि सारेको सिन्हाको भनाइ थियो । म्युजिक भिडियोका माध्यमबाट महिलाको अवस्था बुझ्न मद्दत पुगेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले समाजमा भोगिरहेका घटनाबारे गीतले वर्णन गरेको बताए। पत्रकार अविनाशीले विदेशमा बसेर नेपाली साहित्य तथा गीत–सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताए । गीतले सामाजिक रुपान्तरणको सन्देश दिन खोजेको उनको भनाइ छ ।

उक्त गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गरेका छन् । राम लामा ‘अविनाशी’को लय तथा शक्ति बल्लवको सङ्गीत रहेको छ ।

हेर्नुस् भिडिओ

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ०८ बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने