पत्रकार गुप्तामाथि दुर्व्यवहार « Khabarhub

पत्रकार गुप्तामाथि दुर्व्यवहार


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बारा– प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका सञ्चालक रोशन गुप्तामाथी बिहीबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडि दुर्व्यवहार भएको छ ।

समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् ।

गुप्तामाथी हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । गुप्तामाथी हातपात हुन थालेपछि स्थानीयले छुट्याएका थिए । आफूमाथि हातपात भएपछि गुप्ताले दोषीमाथी कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

यसैगरी प्रेस चौतारी नेपाल बाराले विज्ञप्ति जारी गरी सञ्चारकर्मी गुप्तामाथि हातपात र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । समाचार संकलन गरिरहेकै बेला गुप्तामाथि हातपात हुनु दुःखद रहेको जनाउँदै चौतारी बाराले घटनाको छानविन गरी दोषीउपर कारवाहीको माग गरेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ३३ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु