पत्रकार गुप्तामाथि दुर्व्यवहार « Khabarhub

पत्रकार गुप्तामाथि दुर्व्यवहार


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बारा– प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका सञ्चालक रोशन गुप्तामाथी बिहीबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडि दुर्व्यवहार भएको छ ।

समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् ।

गुप्तामाथी हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । गुप्तामाथी हातपात हुन थालेपछि स्थानीयले छुट्याएका थिए । आफूमाथि हातपात भएपछि गुप्ताले दोषीमाथी कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

यसैगरी प्रेस चौतारी नेपाल बाराले विज्ञप्ति जारी गरी सञ्चारकर्मी गुप्तामाथि हातपात र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । समाचार संकलन गरिरहेकै बेला गुप्तामाथि हातपात हुनु दुःखद रहेको जनाउँदै चौतारी बाराले घटनाको छानविन गरी दोषीउपर कारवाहीको माग गरेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ३३ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा