‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम वितरण  « Khabarhub

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम वितरण 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको पाणिनि गाउँपालिका-६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्याल्सियमको कमी भइ बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो । वडा अध्यक्ष पौडेलका अनुसार  पोषणयुक्त सामग्रीअन्तर्गत ४० जना आमालाई एक क्यारेट अण्डा र सुत्केरी महिलालाई एक-एकवटा तौलिया वितरण गरिएको थियो । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने अध्यक्ष पौडेलको भनाइ छ । उक्त अवसरमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण गरिएको छ । 

कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडासदस्य खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ माविका प्रधानाध्यापक हिमलाल पौडेल, स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेललगायतले पोषणमैत्री वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ४३ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा