कालीकोटका अर्गानिक कृषि बालीलाई पहिचान दिइने « Khabarhub

कालीकोटका अर्गानिक कृषि बालीलाई पहिचान दिइने


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित  बजारीकरणमा सहयोग गर्ने भएको हो ।

 पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।  ‘कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको छैन’, उनले भने, ‘यहाँ उत्पादन हुने कृषि उपजका वस्तु पहिचान दिएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै छौँ ।’

किसानले उत्पादन गरेका वस्तुको उत्पादनस्थलदेखि तीन किलो मिटरसम्म लागि ढुवानीको व्यवस्था कार्यालयले गर्ने प्रमुख देवकोटाको भनाइ छ । ‘ढुवानीसँगै उच्च मूल्यका कृषिजन्य वस्तु ठूला सहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउँछ’, उनले भने, ‘पुरानो रैथाने बाली चिनो, कागुनो र फापरको उत्पादन हुने क्षेत्र पहिचान गरिरहेका छौँ ।’

कालीकोटमा उत्पादन हुने रैथाने तथा अर्गानिक कृषि बाली पहिचानबिना बिक्री हुँदा उत्पादन कहाँ भएको हो भन्नेबारे कुनै जानकारी पनि नहुने भएकाले पहिचानसहित बिक्री गर्न लागिएको हो । 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : १४ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण