जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते « Khabarhub

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

चुरे गाउँपालिकाको-६  भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो।

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन्। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन्।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडी दुर्घटना भएको खुलेको छ। गाडी चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ०१ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,