सामाजिक सुरक्षामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई आग्रह  « Khabarhub

सामाजिक सुरक्षामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई आग्रह 



दोहा – सामाजिक सुरक्षा योजनामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई रियादस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई समेत सामाजिक सुरक्षा योजनामा अनिवार्य सहभागिता गराउने निर्णय भए बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने कार्य सुरु भइसकेको दूतावासले जनाएको छ ।

दूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई पनि यस योजनामा सहभागिता जनाउन अनुरोध गरेको छ । साथै यस सम्बन्धमा कुनै जिज्ञासा भएमा दूतावासको कमेन्ट बक्समा उल्लेख गर्न अनुरोध गरेको छ ।

कमेन्टमा प्राप्त जिज्ञासाहरूको संशोधन गर्न दूतावासबाट सञ्चालन हुने फेसबुक लाइभ कार्यक्रम मार्फत गरिनेछ । वैदेशिक रोजगारमा गएका नेपालीहरू पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिन थालेका छन्।

गत पुस ५ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका नेपालीहरूलाई वैशाख १ गतेदेखि कोषमा समेट्ने भन्दै कार्यविधि सार्वजनिक गरेका थिए।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ३५ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि