हिम पहिरोमा परी फ्रान्समा ५ जनाको मृत्यु « Khabarhub

हिम पहिरोमा परी फ्रान्समा ५ जनाको मृत्यु


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी ५ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेका छन्, ‘हिम पहिरो गएको सूचना पाउँदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’

हिम पहिरो गएको स्थानमा उद्धार कार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाइएको छ । समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ३९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट