मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुबा घाइते | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुबा घाइते


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घाइते ध्रुवको उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : २७ बजे

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट