ताइवानको सिमामा चिनियाँ लडाकु विमानबाट गोलाबारी  | Khabarhub Khabarhub

ताइवानको सिमामा चिनियाँ लडाकु विमानबाट गोलाबारी 


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि ‘कडा चेतावनी’ दिएको छ ।

ताइवानका राष्ट्रपति साइ इङ्ग वेनको अमेरिकी भ्रमण गए पछि आक्रोशित चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् ।

ताइवानका अनुसार आइतबार करिब ७० चिनियाँ विमान नजिकैबाट उडेका थिए।  शनिबार भने ४५ चिनियाँ लडाकु विमानहरूले ताइवान स्ट्रेट लाइनमा पुगेका थिए भने दुई देशको सीमा रेखा पार गरेर दक्षिण पश्चिम भागमा उडान भरेका थिए ।

सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेका थिए भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ।

चीनले सो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ ।

उता, ताइवानको काउन्सिल फर ओशन अफेयर्सले जारी गरेको भिडियो फुटेजमा भो ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ।

अर्को भिडियोमा ताइवानको युद्धपोत डी ख्वा र कोस्ट गार्डको जहाज देख्न सकिन्छ जसमा कोस्ट गार्डका अधिकारीहरूले चिनियाँ डुङ्गालाई चुनौती दिइरहेका छन्।

ताइवानको प्रशासन भने चीनको यो अभियानप्रति आक्रोशित छ। ताइवानका रक्षा अधिकारीहरूले शनिबार आरोप लगाएका छन् कि चीनले ताइवानका राष्ट्रपति साई इङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको छ। यसले यस क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षामा गम्भीर खतरा निम्त्याएको छ ।

ताइवानको राजधानी ताइपेईका जनतामा भने चीनको सो सैन्य अभ्यास र युद्धको चेतावनीको खासै प्रभाव देखिएको छैन। राजधानीका मानिसहरू भन्छन् कि यसले हामीलाई केही फरक पर्दैन, यसमा हामी अभ्यस्त भइसकेका छौं ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ४८ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही