ताइवानको सिमामा चिनियाँ लडाकु विमानबाट गोलाबारी  « Khabarhub

ताइवानको सिमामा चिनियाँ लडाकु विमानबाट गोलाबारी 


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि ‘कडा चेतावनी’ दिएको छ ।

ताइवानका राष्ट्रपति साइ इङ्ग वेनको अमेरिकी भ्रमण गए पछि आक्रोशित चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् ।

ताइवानका अनुसार आइतबार करिब ७० चिनियाँ विमान नजिकैबाट उडेका थिए।  शनिबार भने ४५ चिनियाँ लडाकु विमानहरूले ताइवान स्ट्रेट लाइनमा पुगेका थिए भने दुई देशको सीमा रेखा पार गरेर दक्षिण पश्चिम भागमा उडान भरेका थिए ।

सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेका थिए भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ।

चीनले सो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ ।

उता, ताइवानको काउन्सिल फर ओशन अफेयर्सले जारी गरेको भिडियो फुटेजमा भो ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ।

अर्को भिडियोमा ताइवानको युद्धपोत डी ख्वा र कोस्ट गार्डको जहाज देख्न सकिन्छ जसमा कोस्ट गार्डका अधिकारीहरूले चिनियाँ डुङ्गालाई चुनौती दिइरहेका छन्।

ताइवानको प्रशासन भने चीनको यो अभियानप्रति आक्रोशित छ। ताइवानका रक्षा अधिकारीहरूले शनिबार आरोप लगाएका छन् कि चीनले ताइवानका राष्ट्रपति साई इङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको छ। यसले यस क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षामा गम्भीर खतरा निम्त्याएको छ ।

ताइवानको राजधानी ताइपेईका जनतामा भने चीनको सो सैन्य अभ्यास र युद्धको चेतावनीको खासै प्रभाव देखिएको छैन। राजधानीका मानिसहरू भन्छन् कि यसले हामीलाई केही फरक पर्दैन, यसमा हामी अभ्यस्त भइसकेका छौं ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ४८ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा