कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी « Khabarhub

कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा -कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको तयारी गरेको छ ।

सो कार्यक्रमअन्तर्गत एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर पारित भएको छ ।

अर्जुनधारा नगरपालिका–२ मा उक्त क्षेत्रका चारवटा पालिका अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिका–१ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीयतहबीच सम्झौता भएको छ । रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली सुनवर्षी, कानेपोखरी र धनपालथान गाँउपालिकालाई सेवा उपलब्ध गराउने छ । साथै तेह्रथमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउने भएको हो ।

विशेष गरेर स्थानीयतहमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिका समेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट बारुणयन्त्र, एम्बुलेन्स र प्रहरीलगायतका सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ११ : ०७ बजे

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने कटुवाल पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम