मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बाबु घाइते « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बाबु घाइते


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका-९ बगाहा टोलकी १० वर्षीया बालिका एञ्जिला बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका हुन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् । घाइते बाबुको उपचार भइरहेको छ।

यता इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १२ : १७ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई