पेस्तोल र १३ थान भरुवा बन्दुकसहित ३ जना पक्राउ « Khabarhub

पेस्तोल र १३ थान भरुवा बन्दुकसहित ३ जना पक्राउ


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट आधुनिक हतियारसहित तीनजना पक्राउ परेका छन् भने एकथान अटोमेटिक पेस्तोल र १३ थान भरुवा बन्दुक बरामद गरिएको छ । 

मकवानपुरको  हेटौंडा उपमहानगरपालिका-३ बसामाडी सरस्वती पेट्रोल पम्प नजिकबाट म्याग्जिन सहितको अटोमेटिक पेस्तोल एक थानसहित सोही उपमहानगरपालिका-१२ पदमपोखरी भोर्ले बस्ने ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पैदल हिँडिरहेको अवस्थामा उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । सुर्खेतको  भेरीगंगा नगरपालिका-६ घारीवन बस्ने ७३ वर्षीय शसी डाँगीलाई भरूवा बन्दुक एक थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले डाँगीको गोठमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

दाङको गढवा गाउँपालिका-८ डाडाँगाउँ बस्ने ३२ वर्षीय मान सिंह सुनारलाई भूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोईलाबास, ईलाका प्रहरी कार्यालय गढवा र बिओपी सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले सुनारलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । 

रामेछापको मन्थली नगरपालिका-१४ स्थित च्यानडाँडा जंगलबाट भरुवा बन्दुक एक थान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी फुलासीबाट खटिएको गस्ती टोलीले देख्नासाथ २ जना अपरिचित व्यक्तिहरुले उक्त बन्दुक फाली फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

रूकुमको (पूर्व)को भूमे गाउँपालिका-५ भेडाखर्क जंगलमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १० थान र बन्दुकको नाल १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम (पूर्व)बाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ४ : ४१ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा