प्रतिनिधिसभा बैठक : किसानलाई समयमै मल उपलब्ध गराउन माग | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : किसानलाई समयमै मल उपलब्ध गराउन माग


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरू भ्रष्टाचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पारदर्शिताको माग गरेका हुन्  । 

सांसदहरुले सरकारले जनअपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराए । सांसद पदम गिरीले संघीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गरे। उनले भने, ‘आज पहिलो बैठक प्रारम्भ भएको ९१ दिन भइसकेको छ । यस बीचमा जम्मा २१ वटा बैठक बस्यो तर उपलब्धि के भयो त रु एउटा ऐन निर्माण गर्न सकेका छैनौँ ।’

सांसद गिरीले उनले देशको आर्थिक अवस्था, अलपत्र ठूला आयोजना, बैंकको महङ्गो ब्याजदर र मलको मूल्यवृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । ‘रासायनिक मल ल्याउनका लागि सरकारले पैसा नभएको बाहनामा मूल्यवृद्धि गर्दैछ । यो दुःखद कुरा हो’, उनले भने। उनले वर्तमान सरकार उत्तरदायी र जवाफदेही नहुँदा आमजनतामा निराशा बढेको बताए । 

सांसद दीलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको उत्तरी नाका कूटनीतिक पहलबाट तत्काल खुला गर्न आग्रह गरे । उनले भने, ‘उत्तरी नाका चार वर्षदेखि यी बन्द अवस्थामा छन् । यी नाकाबाट हुने व्यापार देशव्यापीरुपमा अवरुद्ध भएको छ ।’

‘दार्चुलाको एउटा प्रतिनिधिमण्डल काठमाडौँमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र वाणिज्य मन्त्रालयलाई हारगुहार गरिरहेको अवस्था छ । छिटोभन्दा छिटो कूटनीतिक पहलबाट यी नाका सञ्चालनमा आओस्, म आग्रह गर्दछु’, उनले भने । मौसमी नाकाका रुपमा चिनिने उत्तरी नाकाको सम्झौताअनुसार खुला गर्न चीन सरकारले महत्व नदिएको सांसद बडूको दाबी छ । 

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमको विद्युत् आयोजना नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ आए पनि बजेट सोअनुसार नआएको भन्दै आगामी बजेटमा त्यसतर्फ ध्यानाकर्षण गराए । उनले भने , ‘चर्चा हुने तर काम किन नहुने रु कि त निर्माण गरौँ कि त चर्चा गर्न छोडौँ ।’ उनले सवारी दुर्घटनाका कारण अछाम जिल्लाको अवस्था तनावग्रस्त भएको भन्दै मृतक हेमराज कुँवरको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सांसद धवलशमशेर जबराले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गरे। उनले भने, ‘वर्षायाम आइसक्यो धान रोप्ने बेला पनि भइसक्यो । तर जिल्लामा मल पुगिरहेको छैन, राज्यले यसको व्यवस्था तुरुन्त गर्न पर्‍यो ।’उनले राप्ती नदी र डुडुवा खोलामा तटबन्धका लागि ध्यानाकर्षण गराए। 

सांसद विमला सुवेदीले किसानलाई समयमै मल उपलब्ध गराउन माग गरे । उनले आगामी बजेटमा देशभित्रै रासायनिक मल उत्पादनको विषयलाई महत्व दिनुपर्ने उल्लेख गरे । ‘अनुदान बढाएर कृषिको व्यवसायीकरण गर्नुपर्छ’, उनले भने, ‘किसानले पाउनुपर्ने अनुदान विचौलियाले पाइरहेका छन् । त्यसतर्फ सरकार सचेत हुन आवश्यक छ ।’ उनले जंगली जनावरबाट किसानको खेतीबालीमा पुगेको नोक्सानीप्रति समेत सरकारको ध्यानाकर्षण गराए ।

सांसद दीपक गिरीले दाङमा विमानस्थल र लुम्बिनी प्रदेशको राजधानीमा रहेको कैलावास नाकाबारे सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘कोही १० र १५ वर्षदेखि अलपत्र बनेका आयोजना छन् । विसं २०११ मा स्थापना भएको दाङको विमानस्थल २०४२ सालदेखि बन्द छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।’ 

सांसद डा चन्दा कार्कीले ‘डाउन सिण्ड्रोम’का लागि अपाङ्गताको छुट्टै वर्गीकरणमा राख्न माग र बीमाको व्यवस्था गर्न माग गरे । उनले यसबाट प्रभावित व्यक्तिका लागि स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न निःशुल्क सेवा उपलब्ध हुनुपर्ने माग राखे ।

सांसद दीपक कार्कीले धनुषाधामलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग गरे । धनुषाधामको जङ्गलमा पर्खाल लगाउनुपर्ने उनको भनाइ छ । सांसद डा सुनिलकुमार शर्माले जलस्रोतको विकास र व्यापारका लागि भारतीय र बंगलादेशी व्यापारीसँग त्रिपक्षीय सम्झौता गर्नसकिने बताए । 

उनले भने, ‘जलाशयका क्षमताअनुसार २३ वटा आयोजना मात्र सञ्चालन गर्दा ३० हजार मेगावट विद्युत् सन् २०३० सम्म उत्पादन गर्न सक्छौ । भारत र बंगलादेशसँग वीन–वीन अवस्थामा बिक्रीवितरण गर्नसकेमा आर्थिक अवस्थामा सुधार हुनसक्छ ।’ उनले भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेसमेत बताए। 

सांसद शोभा ज्ञवालीले सरकारले अझै पूर्णता नपाएको र यसअघिको सरकारको कामलाई निरन्तरतासमेत दिन नसकेको बताए । उनले दक्ष जनशक्ति विदेशिनेक्रम रोक्नुपर्ने बताए । 

सांसद सरस्वती सुब्बाले भूमिहीन नागरिकलाई लालपुर्जासहितको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले राष्ट्रिय भूमि आयोगलाई क्रियाशील बनाउन आवश्यक बजेट र कर्मचारीको व्यवस्थापन गर्न माग गरे । सांसद ऋषिकेश पोखरेलले गठबन्धनको संस्कृतिले राष्ट्रिय शक्ति र राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए। 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : २७ बजे

विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण

फाइनल पुग्न इङ्ल्यान्डलाई १७२ रनको चुनौती

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई

अर्धशतक बनाएर आउट भए रोहित

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्यान्डविरुद्धको

वर्षा रोकिएपछि भारत र इङ्ल्यान्डबीचको खेल पुनः सुरु

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत वर्षाका

वन्यजन्तु र मानवबीचको द्वन्द्वले मानवीय क्षति

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा भइरहेका मानव र वन्यजन्तुबीचको द्वन्द्वले