ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा चीन जाँदै | Khabarhub Khabarhub

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा चीन जाँदै


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ समकक्षी सी जिन्पिङसँग व्यापार र युक्रेनमा जारी युद्धमा मध्यस्थताबारे छलफल गर्न लुला आगामी साता चीन जाने भएका हुन् ।

७७ वर्षीय वामपन्थी नेता लुलाले विश्व भूराजनीतिक मञ्चमा आफ्ना उग्रदक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा गुमेको ब्राजिलको भूमिका पुनः फिर्ता गर्ने अपेक्षा गरिएको छ ।

यसअघि लुलाले मार्च २५ देखि ३० सम्म चीनको भ्रमण गर्ने तय गरेको भएपनि स्वास्थ्यका कारण उक्त भ्रमण स्थगित गर्नुपरेको थियो । राष्ट्रपति लुला मङ्गलबार चीन पुग्ने र शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने बताइएको छ ।

युक्रेनका विदेशमन्त्री माउरो भिएराले लुलाको भ्रमणबारे प्रतिक्रिया दिँदै चीनमा रहँदा लुलाले युक्रेनमा जारी युद्धका बारेमा छलफल गर्ने र युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता एवम् कूटनीतिक वार्ताको प्रस्तावलाई अघि बढाउने बताएका छन् ।

“लुला स्वदेश फर्कने बेलासम्ममा मध्यस्थकर्ता राष्ट्रहरूको एउटा समूह तयार भइसकेको हुनेछ,” भिएराले भने ।

यसअघि दुई पटक ब्राजिलको राष्ट्रपति भइसकेका लुला आफ्नो मुलुकलाई युक्रेनमा जारी युद्धमा मध्यस्थकर्ताका रुपमा प्रस्तुत गर्न इच्छुक रहेको बताइएको छ ।

तर गत वर्ष लुलाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि रूसी समकक्षी भ्लादिमिर पुटिनजत्तिकै युद्धका लागि ‘जिम्मेवार’ रहेको टिप्पणी गरेपछि उनको कूटनीतिक भूमिकाबारे आलोचना भएको थियो ।

उनले युक्रेनको प्रतिरक्षामा सहयोग गर्न पश्चिमा राष्ट्रसँग मिलेर हतियार पठाउन पनि अस्वीकार गरेका छन् ।

बिहीबार लुलाले ‘पुटिनले युक्रेनी भूभाग राख्न नसक्ने’ टिप्पणी गरेपनि जेलेन्स्कीले ‘सबै कुरा नचाहने’ बताएका थिए । लुलाले रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियामा आफ्नो दाबी त्याग्न पनि युक्रेनलाई सुझाव दिएका थिए ।

लुलाको यस भनाइबारे युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले ट्वीटरमा भनेका छन्, “युक्रेनले आफ्नो एक सेन्टिमिटर भूमि पनि त्याग्नुपर्ने कुनै कानूनी, राजनीतिक वा नैतिक कारण छैन ।”

उनले भने, “शान्ति बहालीका लागि कुनै पनि मध्यस्थता प्रयास सार्वभौमिकताको सम्मान र संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार युक्रेनको क्षेत्रीय अखण्डताको पूर्ण बहालीमा आधारित हुनुपर्दछ ।”

गत महिना मस्को भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति पुटिनसँग छलफल गरेको योजना अनुसार युद्धविराम र संवादका आधारमा चीनले द्वन्द्व समाधानका लागि १२ बँदे प्रस्ताव गरेको छ ।

‘यी शान्तिका लागि आधारभूत शर्त हुन्’, भिएराले चीनको प्रस्तावलाई ‘निकै सकारात्मक’ मानेका छन् ।

युक्रेनका पश्चिमी सहयोगीहरूले रुसी आक्रमणलाई मौन समर्थन गरेको भन्दै सीको दृष्टिकोणको कडा आलोचना गरेका छन् ।

बेइजिङ भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको संयुक्त वक्तव्यमा सीले ‘युक्रेनमा शान्ति बहालीका लागि गरिने कुनै पनि प्रयासलाई समर्थन गर्ने’ प्रतिबद्धता जनाएका थिए ।

तर रुसले द्वन्द्वको कुनै पनि ‘राजनीतिक समाधान’ अस्वीकार गरेको छ ।

लुलाका प्रमुख सल्लाहकार सेल्सो अमोरिमले गत महिना रूसमा पुटिनलाई भेटेपछि सीएनएनसँग भनेका थिए, “वार्ताबाट शान्तिका लागि ढोका खुला छ भन्नु अतिशयोक्ति हुनेछ ।”

राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकालको तीन महिना भन्दा बढी समयपछि लुलाले रुसको भ्रमणर्न लागेका हुन् । उनले यसअघि अर्जेन्टिना र संयुक्त राज्य अमेरिकाको भ्रमण गरिसकेका छन् ।

चीन ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । लुलाको चीन भ्रमणका क्रममा विश्वव्यापी भूराजनीतिक मञ्चमा ब्राजिललाई पुनः स्थापित गर्ने महत्वाकाङ्क्षी कदमको रुपमा लिइएको छ ।

चीनले पनि ब्राजिललाई आफ्नो रणनीतिक र आर्थिक योजनामा एक प्रमुख शक्तिको रूपमा लिन्छन् । लुलाको भ्रमण व्यापारलाई केन्द्रमा राख्नेभन्दा पनि राजनीतिक महत्वको हुने बताइएको छ ।

उनको चीन आगमन अघि नै गत साता, चीनले ५०० ब्राजिलियन र चिनियाँ व्यवसायीहरूको लागि एक मञ्चको आयोजना गरेको थियो । परिणामस्वरूप दुई देशबीच २० भन्दा बढी सहयोगसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर भएको थियो ।

सम्झौतामध्ये एउटा प्रमुख बिषय दुई देशबीचको व्यापारिक लेनदेन अमेरिकी डलरको साटो आ–आफ््ना मुद्रा रियाल र युआनमा कारोबार गर्ने रहेको थियो ।

दुई देशबीचको द्विपक्षीय व्यापार सन् २०२२ मा १५० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । ब्राजिल–चीन व्यापार परिषद्का अनुसार सन् २००७ देखि २०२० सम्म ल्याटिन अमेरिकामा चिनियाँ लगानीका लागि पनि ब्राजिल मुख्य गन्तव्य थियो ।

मुख्यतया राजनीतिक उद्देश्यका लागि हुने बताइएको यो भ्रमणमा ब्राजिलका राष्ट्रपति बेइजिङ र चीनको प्रमुख व्यापारिक शहर साङ्घाई पुग्नेछन् । लुलाले साङ्घाईमा आफ्नो राजनीतिक सहयोगी डिल्मा रूसेफलाई भेट्ने कार्यक्रम छ । रुसेफले सन् २०११ मा उनको उत्तराधिकारीको रूपमा पदभार ग्रहण गरेकी थिइन् । उनले हालै ब्रिक्स बैंकको रूपमा पनि चिनिने नयाँ विकास बैंकको प्रमुखको रूपमा कार्यभार सम्हालेकी छिन् ।

लुलाको पछिल्लो दुई कार्यकालमा सन् २००३ देखि २०१० सम्म ब्राजिलले रुस, भारत, चीन र दक्षिण अफ्रिकासँग मिलेर उदीयमान अर्थतन्त्रको ब्रिक्स समूह निर्माण गरेको थियो । स्वदेश फर्कने क्रममा लुलाले संयुक्त अरब इमिरेट्सको भ्रमण गर्ने बताइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ६ : ५९ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम