कैलालीमा वडा तथा जिल्ला सम्मेलनका लागि कांग्रेसले प्रतिनिधि खटायो | Khabarhub Khabarhub

कैलालीमा वडा तथा जिल्ला सम्मेलनका लागि कांग्रेसले प्रतिनिधि खटायो


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेपाली कांग्रेस कैलालीले वडा तथा जिल्ला सम्मेलनका लागि प्रतिनिधि खटाएको छ ।

महोन्याल गाउँपालिका वडा नम्बर ३ को फलेबिसौनामा बसेको १० औं बैठकको निर्णयअनुसार कांग्रेसले निर्वाचन क्षेत्र तथा वडा सम्मेलनका लागि प्रतिनिधि खटाएको हो ।

जिल्लाको १०औं बैठकले बैशाख ५ गते वडा सम्मेलन सुरु गरी जेष्ठ ५ गते मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको हसुलियामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्रदेखि वडातहसम्म प्रतिनिधि खटाएको पार्टीका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।

जिल्ला सम्मेलन तयारीका लागि पार्टीका उपसभापती खेमराज डगौरा थारुको संयोजकत्वमा अन्य जिल्ला पदाधिकारी, जिल्ला सदस्यहरु रहने गरी मुल तयारी समिति गठन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ०७ बजे

संवैधानिक इजलासमा तीन धार, ५२ भाइको संसदीय सुनुवाई हुनुपर्ने सपनाको परमादेश ( पूर्णपाठसहित)

काठमाडौं– विगतको ओली सरकारले अध्यादेशमार्फत ०७७ सालमा नियुक्त गरेका ५२

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक पदाधिकारी नियुक्ति बहुमतद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा इजलासमै फैसला पढेर सुनाउने तयारी

काठमाडौं – ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा