सडक विस्तारको काम छिटो सम्पन्न गर्नु : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सडक विस्तारको काम छिटो सम्पन्न गर्नु : गृहमन्त्री श्रेष्ठ


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज सडकको स्थलगत अनुगमन गर्दै उहाँले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । उनले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ स्थानमा अनुगमन गरेका थिए । “सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो । यतिमै खुसी हुने अवस्था भने छैन”, उनले भने, “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ।”

सडकको काम सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री श्रेष्ठले बताए। आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको उल्लेख गर्दै उनले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताए । त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उनले बताए।

“त्यही पनि यसलाई छिटो र गुणस्तरीय काम होस् भनेर हामीले चीनका राजदूतसँग कुराकानी गरेका थियौँ” उनले भने, “त्यसकारण अहिले चिनियाँ राजदूतले आग्रह गरेर उहाँहरूको टोलीसँग सडकको निरीक्षणका लागि यहाँ आएका हौँ ।”

अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको मन्त्री श्रेष्ठले बताए । “काममा प्रगति भएको छ, तर जम्मा कति प्रगति भएको छ र त्यसले गुणस्तरीयता कस्तो ल्याएको छ भनेर हामीले विश्लेषण गर्छौँ”, उनले भने, “तर पनि पहिले आएको बेलाभन्दा प्रगति भएको छ ।” श्रेष्ठले आज गैँडाकोटबाट बुटवलसम्म सडकको विभिन्न १३ स्थानमा अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ३७ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज