जुम्लाको पातारासीमा विवाह गर्दा सिफारिस अनिवार्य « Khabarhub

जुम्लाको पातारासीमा विवाह गर्दा सिफारिस अनिवार्य


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्ने उद्देश्यले अनिवार्य वडा पालिकाको सिफारिस चाहिने व्यवस्था गरेको छ । उक्त पालिका–५ मा पर्ने दुर्गम चार वटा गाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ ।

सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय उद्देश्य र दीगो विकासको लक्ष्यअनुरूप जिल्लाको पातारासीका गाउँलाई बाल विवाह मुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

यहाँका आठ स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भने , “विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र बस्तीका रूपमा बालविवाह मुक्त गाउँ घोषणा गरिएको अध्यक्ष बोहोराको भनाइ छ ।”

अब अरु वडालाई छिट्टै बालविवाह मुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृतिलाई रोकथाम गर्नेका लागि वडापालिकाको कार्य महत्त्वपूर्ण भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए । बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्वारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बाल विवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ०७ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर