ढाकाकुमारले बुझाए स्पष्टीकरण, अडियोमा भएको आवाज आफ्नो नभएको दाबी « Khabarhub

ढाकाकुमारले बुझाए स्पष्टीकरण, अडियोमा भएको आवाज आफ्नो नभएको दाबी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको विषयमा पार्टीसमक्ष आफ्नो स्पष्टीकरण बुझाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग बार्गेनिकङ गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई आइतबार २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो ।

साढे ३ बजेभित्र स्पष्टीकरण बुझाउनुपर्नेमा डा श्रेष्ठले ढिला गरी पार्टीको अनुशासन समितिसमक्ष बुझाएका थिए । समितिका संयोजक भरतमणि देवकोटाका अनुसार साँझ पार्टीको ताकेतापछि करिब ७ बजे श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।

स्पष्टीकरणमा श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरेका छन् । त्यस्तै, उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : ४३ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी