प्रि-बजेट छलफलमा आज अर्थमन्त्रीले जवाफ दिने « Khabarhub

प्रि-बजेट छलफलमा आज अर्थमन्त्रीले जवाफ दिने


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रि बजेटका बारेमा सांसदले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् ।

गत आइतवार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

गत वैशाख २५ देखि प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदले आ–आफनो धारणा राखिसकेका छन् ।

अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदले उठाएका सवालको जवाफ भने हिजै दिइसकेका छन्। उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए । गत बुधबार बसेको नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताबीचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : २२ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु