तिवारीभञ्याङ-अधेँरीघाट सडक विस्तार तीव्र गतिमा « Khabarhub

तिवारीभञ्याङ-अधेँरीघाट सडक विस्तार तीव्र गतिमा


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पूर्वी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडकको स्तरोन्नतिले गति लिएको छ । पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडा हुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माणले गति लिएको हो । 

पौवादुङमा गाउँपालिकाको मुख्यमार्गका रूपमा रहेको यो सडक गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागत साझेदारीमा निर्माण भइरहेको हो । यसवर्ष प्रदेश सरकारको एक करोड, केन्द्र सरकारको एक करोड २० लाख र गाउँपालिकाको एक करोड ५० लाख लागतमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । 

आगामी दिनमा कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको यो सडक खण्ड अन्तर्गत ११ किलोमिटरमा ग्रेडिङ मिलाउने, चौडा गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, ड्रेन बनाउनेलगायतको काम सकिएको प्रशासकीय अधिकृत भट्टराईले बताए । 

‘यो हाम्रो गाउँपालिकाको मुख्य सडक हो’, उनले भने, ‘एघार  किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको यो सडकलाई आगामी दिनमा कालोपत्र गर्ने लक्ष्य छ ।’ सडक विस्तारपछि वडा नं ५ सानोदुम्माका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वडा अध्यक्ष बोमप्रसाद राईले बताए । सडक बिस्तारपछि स्थानीयले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उनको भनाइ छ । 

गत आर्थिक वर्षमा १३ किलोमिटर ग्राभेल, कजवे निर्माण, ग्याबियन, मेसिनरी पर्खाललगायतको गरिएको थियो । गाउँपालिकाको मुख्य सडकको रूपमा रहेकाले कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। यो सडक गाउँपालिकाबासीसँगै भोजपुरका नागरिकका लागि सबैभन्दा छोटो मार्ग हुने भएकाले विस्तारलाई प्राथमिकताका  दिइएको बताए । 

आगामी पाँच वर्षमा सडक कालोपत्र गर्ने लक्ष्य रहेका गाउँपालिकाको भनाइ छ । साथै भोजपुर र धनकुटा जोड्ने अधेँरीघाटमा पक्की पुल निर्माणका लागिसमेत पहल गरिरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । 

यहाँ पुल बनेपछि पूर्वबाट धरान, धनकुटासँगै तराईका जिल्लासँगको दूरी २३ किलोमिटर छोटो हुनेछ ।  ‘अधेँरीघाटमा पुल बन्नेवित्तिकै यातयातमा धेरै सहजता हुन्छ’, अध्यक्ष राईले भने, ‘पुल निर्माणका लागि हामीले केन्द्र सरकार तथा प्रदेश सरकारसँग माग गरिरहेका छौँ । यो पुल  निर्माण भएपछि स्थानीयलाई झनै सहजता हुनेछ ।’

सडकलाई गुणस्तरीय तवरबाट सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इन्जिनियरले नियमित अनुगमन गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : २७ बजे

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका