शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध « Khabarhub

शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यमसँग अनुरोध गरेको छ । 

कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरूलाई ठगी गरी संगठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नसक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न, गराउन अनुरोध गरेको हो । 

प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तथ्यमा आधारित र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूतरुपमा निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरी प्रतिबद्ध छ ।’

सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि अनुरोध गरिएको छ । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : ०३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम