विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १०, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

यौन उत्पीडनको आरोपमा ट्रम्पलाई पाँच मिलियन डलर जरिवाना

अमेरिकी एक अदालतले यौन उत्पीडनको मुद्दामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पललाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश दिएको छ। सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टी भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपूर्ति दिन आदेश दिएको हो। यो एउटा सिभिल अदालतले गरेको फैसला हो।

अलजजिराका अनुसार डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरे र त्यसपछि उनलाई झुटो भन्दै बदनाम गरे। संयुक्त राज्य अमेरिकाको एक निर्णायक मण्डलले पूर्व अमेरिकी राष्ट्रपतिलाई कानुनी झटका दिने निर्णय गरेको हो।

बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झुट’ भनेकोमा ट्रम्पलाई मानहानीको लागि जिम्मेवार पनि मानिएको छ। यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो।

छ जना पुरुष र तीन महिला मङ्गलबार तीन घण्टाभन्दा कम छलफलपछि आफ्नो निर्णयमा पुगेका हुन्।‘आज, संसारलाई अन्ततः सत्य प्रमाणित हुन पुगेको छ,’ सुश्री क्यारोलले फैसला पछि लिखित बयानमा भनिन, यो जित मेरो लागि मात्र होइन, विश्वास नगरेको कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो।’

पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

‘प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,’ अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार खानलाई गरेपछि भएको हिंसामा १३० भन्दा बढी प्रहरी घाइते भएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मंगलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो ।

महिनौँ लामो राजनीतिक संकटपछि उहाँको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उनको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई) पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए ।

टोयोटाको मुनाफा अपेक्षाभन्दा बढी

सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी टोयोटाले आफ्नो एक वर्षको खुद नाफा अपेक्षाभन्दा धेरै भएको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व संकलनमा थप योगदानको प्रक्षेपण गरेको छ ।

जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर) कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । यो कोभिडले थला परेको विश्व अर्थतन्त्र र युक्रेनमा जारी युद्धका कारण प्रभावित बजारमा अपेक्षा गरिएको २।३६ ट्रिलियन येनको प्रक्षेपणभन्दा बढी हो । यद्यपि, एक वर्ष पहिलेको तुलनामा यो १४ प्रतिशत कम हो । २.३६ ट्रिलियन येनको प्रक्षेपणलाई पछाडि पारेको छ ।

सेमीकन्डक्टर आपूर्तिमा सुधार र उत्पादन स्थलहरूको प्रयासका कारण आगामी वर्षका लागि पूर्ण वर्षको खुद मुनाफा पाँच प्रतिशतले वृद्धि भई २.५८ ट्रिलियन येन पुग्ने अनुमान गरिएको छ ।

अधिकांश उद्योगले महामारीका कारण प्रभावित बजार र विश्वव्यापी चिप अभावको प्रभावसँग जुधिरहेको समय जापानी विशाल कार कम्पनीले सन् २०२२ मा लगातार तेस्रो वर्ष आफ्नो सबैभन्दा बढी बिक्री हुने सवारी साधनका रूपमा रेकर्ड राखेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोजी सातोले भने, ‘एक शब्दमा भन्ने हो भने यो वर्ष हाम्रा ग्राहकलाई गाडी उत्पादन र डेलिभरी गर्न निकै कठिन वर्ष थियो ।’

प्रमुख वित्तीय अधिकारी योइची मियाजाकीले गत आर्थिक वर्षमा उत्पादन अवरोधका लागि प्राकृतिक प्रकोपदेखि चिप सङ्कटसम्म सबै कुरा उद्धृत गर्दै आफ्नो आम्दानीलाई उत्साहजनक भनेका छन् ।

टोयोटाले गत आर्थिक वर्षमा विश्वभर एक करोड पाँच लाखभन्दा बढी कार बेचेको थियो, जसमा हिनो मोटर्स र दाइहात्सुजस्ता सहायक कम्पनीले बनाएका कार पनि समावेश छन् । ‘सेमीकन्डक्टर आपूर्ति र मागमा सुधार भएको छ, हामी सबै क्षेत्रमा वृद्धिको अपेक्षा गर्दछौँ,’ मियाजाकीले भने ।

टोकाई टोकियो रिसर्च इन्स्टिच्युटका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले परिणाम घोषणा हुनुअघि एएफपीसँग भने, ‘उत्पादन क्षमतामा वृद्धिले सेमीकन्डक्टरको अभावको प्रभाव घट्दै गएको संकेत गर्छ ।’

अनुसन्धान तथा परामर्श फर्म टीआईडब्लुका अटो एनालिस्ट सतोरु ताकाडाका अनुसार भूकम्पजस्ता प्राकृतिक प्रकोपको प्रभावसँग जुध्न सक्ने प्रणाली निर्माण गर्न टोयोटाले ‘निकै कडाइ’ गरेको र यसबाट आम्दानीमा थप उल्लेख्य योगदानको अपेक्षा गरिएको छ । यस वर्षको सुरुमा टोयोटाले अकियो टोयोडाको स्थानमा ५३ वर्षीय सातोलाई कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको थियो ।

उनले सन् २०२६ सम्ममा ‘नेक्स्ट जेनेरेसन’ लेक्सस गाडीको आविष्कारसहित ‘नयाँ दृष्टिकोण’ मार्फत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको विकासलाई ‘गति’ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केही आलोचक भन्छन्, ‘उत्सर्जन अटोमोबाइलको लागि माग बढेको अवस्थामा टोयोटाले हाइब्रिड कारहरूको नेतृत्व गरेको छ । कम्पनी ब्याट्री–सञ्चालित इन्जिनमा स्थानान्तरण गर्न ढिलो भएको छ । जबकि कम उत्सर्जन अटोमोबाइलको लागि माग बढेको छ ।’

कम्पनीले सन् २०२६ सम्ममा विद्युतीय कारको बिक्री १५ लाख युनिट पु¥याउने लक्ष्य राखेको छ, जुन सन् २०२२ मा २० हजार रहेको देखिन्छ ।

भारतमा कर्णाटक विधानसभाको निर्वाचनका लागि मतदान सम्पन्न

भारतको कर्णाटक राज्यमा विधानसभा चयन गर्न मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको हो । केही स्थानमा छिटफुट हिंसात्मक घटना भएपनि समग्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भारतको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा २ हजार ६ सय १५ जनाले उम्मेदवारी दिएका छन् । मतदानका लागि ३७ हजार ७ सय ७७ स्थानमा ५८ हजार ५ सय ४५ मतदान केन्द्र तोकिएका छन् । मतदानका लागि ५ करोड ३० लाख मतदाता योग्य रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ । २२४ सिट रहेको कर्णाटक विधानसभामा सरकार बनाउनका लगि ११३ सिट आवश्यक पर्छ ।

यस निर्वाचनका प्रमुख मुद्दामा भ्रष्टाचार, सुशासन, राष्ट्रिय स्वयंसेवक संघको अङ्ग मानिने विश्व हिन्दू परिषदको युवा संगठन बजरंग दलमाथि प्रतिबन्ध लगाउने भारतीय कांग्रेस पार्टीको घोषणालगायत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनको नतिजा भने १३ मेपछि आउने जनाइएको छ ।

हाल केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टी भाजपाले कर्णाटकमा सरकारको नेतृत्व गरिरहेको छ । यद्यपि टिकट वितरणका क्रममा भाजपामा देखिएको आन्तरिक कलह, मौलाउँदै गएको भनिएको भ्रष्टाचार, कथित यथास्थितीविरोधी लहर र कांग्रेस पार्टीको आक्रामक प्रचारका कारण यसपालीको निर्वाचनमा भाजपाले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने भारतीय राजनीतिक पण्डितहरुको विश्लेषण छ ।आगामी वर्ष हुन लागेको आम निर्वाचनको झल्को दिने भएकाले कर्णाटक विधानसभा निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको छ ।

क्यामरुनमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

अफ्रिकी मुलुक क्यामरुनमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा उक्त दुर्घटना भएको हो ।

अदामावा क्षेत्रीय प्रमुख शहर नगाउन्डेरेतर्फ जाँदै गरेको बसको चालकले नियन्त्रण गुमाएपछि इन्धन ढुवानी गरेको गाडी ठोक्किएर विस्फोट भएको प्रहरीले जनाएको छ । क्यामरुनको सरकार सञ्चालित सञ्चार माध्यमले जनाएअनुसार मृत्यु हुनेमा तीन वर्षीय बालक पनि छन् । त्यसैगरी, दुर्घटनामा सातजना महिलाको पनि मृत्यु भएको बताइएको छ ।

घाइतेहरूलाई अस्पताल लगिएको र उनीहरुको सघन उपचार जारी छ । क्यामरुनको यातायात मन्त्रालयलका अनुसार मुलुकमा प्रत्येक वर्ष १,५०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना