कांग्रेस बैठकमा खाँणलाई निलम्बन गर्न दुई महामन्त्रीको प्रस्ताव « Khabarhub

कांग्रेस बैठकमा खाँणलाई निलम्बन गर्न दुई महामन्त्रीको प्रस्ताव


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाँण पक्राउ परिसकेको अवस्थामा उनलाई पार्टीले पनि निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि यसबारे सभापति देउवाले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।

छलफलमा पार्टी सङ्गठनका विविध विषयमा पनि छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी रहेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : १६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका