माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु « Khabarhub

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मुगु – माछा मार्न खोलामा करेन्ट लगाउने क्रममा युवकको मुत्यु भएको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।

ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भाम दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए। अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिइ। शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ।

माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ३९ बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर