ए डिभिजन लिग आज सकिँदै, अन्तिम दिन तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिग आज सकिँदै, अन्तिम दिन तीन खेल हुँदै


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  यस सिजनको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदैछ । सिजनको अन्तिम दिन आज  तीन खेल हुँदैछन् ।

आज मछिन्द्र क्लब र मनाङ  मर्स्याङ्दी, संकटा क्लब र न्युरोड टिम (एनआरटी) तथा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे दशरथ रंगशालमा हुनेछ । जारी लिगमा उपविजेताको रुपमा रहेको मछिन्द्र सिजनको सुखद अन्त्य गर्न चाहन्छ । मछिन्द्र २५ खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने ३२ अंक भएको मनाङ आठौँ स्थानमा छ ।

यस्तै, संकटा र एनआरटीले दिउँसो २ बजे च्यासल मैदानमा खेल्नेछन् । सिजनको अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छन् । अहिलेसम्म संकटा ३१ अंकका साथ नवौँ स्थानमा छ भने ३३ अंक भएको एनआरटी सातौँ स्थानमा छ ।

यसैगरी, जावलाखेल र थ्री स्टार क्लबको खेल अपराह्न साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ ।

२५ खेलको समाप्तिसम्म जावलाखेल ३७ अंक जोडेर चौथो स्थानमा छ भने २९ अंक भएको थ्री स्टार १३औँ स्थानमा छ । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ५८ बजे

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु