ए डिभिजन लिग आज सकिँदै, अन्तिम दिन तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिग आज सकिँदै, अन्तिम दिन तीन खेल हुँदै


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  यस सिजनको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदैछ । सिजनको अन्तिम दिन आज  तीन खेल हुँदैछन् ।

आज मछिन्द्र क्लब र मनाङ  मर्स्याङ्दी, संकटा क्लब र न्युरोड टिम (एनआरटी) तथा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे दशरथ रंगशालमा हुनेछ । जारी लिगमा उपविजेताको रुपमा रहेको मछिन्द्र सिजनको सुखद अन्त्य गर्न चाहन्छ । मछिन्द्र २५ खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने ३२ अंक भएको मनाङ आठौँ स्थानमा छ ।

यस्तै, संकटा र एनआरटीले दिउँसो २ बजे च्यासल मैदानमा खेल्नेछन् । सिजनको अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छन् । अहिलेसम्म संकटा ३१ अंकका साथ नवौँ स्थानमा छ भने ३३ अंक भएको एनआरटी सातौँ स्थानमा छ ।

यसैगरी, जावलाखेल र थ्री स्टार क्लबको खेल अपराह्न साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ ।

२५ खेलको समाप्तिसम्म जावलाखेल ३७ अंक जोडेर चौथो स्थानमा छ भने २९ अंक भएको थ्री स्टार १३औँ स्थानमा छ । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ५८ बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी