४० दिनअघि अमेजन जंगलमा विमान दुर्घटनामा परी बेपत्ता ४ जना जीवितै भेटिए « Khabarhub

४० दिनअघि अमेजन जंगलमा विमान दुर्घटनामा परी बेपत्ता ४ जना जीवितै भेटिए


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

बोगोटा – विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जङ्गलमा जीवितै फेला परेका छन् ।

‘गत महिना अमेजन वर्षावनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चारजना बालबालिका शुक्रबार जीवितै फेला परेका छन्,’ कोलम्बियाका रक्षामन्त्री इभान भेलास्क्वेज गोमेजले भनेका छन्।

‘सम्पूर्ण देशको लागि खुशी,’ कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपत्कालीन उद्दारकर्ताहरूले उपचार गरिरहेका चार दाजुभाइको फोटोको साथ ट्वीट गरेका छन्। उनका अनुसार १३, ९, ४ र १ वर्षका बालबालिका ४० दिनसम्म जङ्गलमा बाँचेका थिए । उनीहरूको आमा र अन्य दुई जनाको भने दुर्घटनामा मृत्यु भएको छ ।

‘उद्धारकर्ताले फेला पार्दा उनीहरू एक्लै थिए। यो इतिहासमा रहिरहनेछ, त्यसैले ती बालबालिकाहरू आज शान्तिका सन्तान र कोलम्बियाका सन्तान हुन्,’ पेट्रोले स्थानीय मिडियालाई भने।

उद्धार मिशनले यस अपरेशनलाई चमत्कार भनेको छ। एक सय भन्दा बढी सैन्य कर्मचारी र आदिवासी स्वयंसेवकहरूले विस्तृत क्षेत्रमा बच्चाहरूको खोजी गरिरहेका थिए।

हाल ती बच्चाहरूले चिकित्सा हेरचाह प्राप्त गरिरहेका छन् र गुभियर विभागको राजधानी सहर सान जोसे डेल गुभियारमा स्थानान्तरणका लागि पर्खिरहेका छन्।

सानो विमानका पाइलटले मे १ मा आपत्कालीन कल रेडियो गरे। त्यसपछि विमान ट्र्याकिङ राडारबाट गायब भयो। उद्धारकर्ताहरूले सो दुर्घटना स्थलबाट तीन वटा शव फेला पारे। जसमा पाइलट, बच्चाकी आमा र अर्को आफन्तको रूपमा पहिचान गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ८ : ५९ बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर