बोरिसले कारबाही अघि नै  दिए सांसद पदबाट राजीनामा « Khabarhub

बोरिसले कारबाही अघि नै  दिए सांसद पदबाट राजीनामा


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लन्डन – संसदलाई गुमराहमा राखेको आरोपमा सजाय पाउने जानकारी पाएपछि पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन्।

तत्कालै लागू हुने गरी जोन्सनले राजीनामा दिए पछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुनेछ।

संसदीय छानबिनका बीचमा जोनसन आफ्नो राजनीतिक भविष्यका लागि लडिरहेका छन्।

उनले कोभिड–१९ का सबै नियमहरू पालना गरिएको बताउँदै आए पनि उनीमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप लगाइएको छ।

संसदको विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी संसदलाई गुमराह गरेको प्रमाणित गरेर सांसदबाट निलम्बन गर्न सिफारिस गर्ने  तयारी गरेको थियो।

‘समितिका धेरैजसो सदस्यहरू मलाई संसदबाट हटाउन म विरुद्ध कारबाही गर्न कटिबद्ध छन् भनेर विशेषाधिकार समितिबाट पत्र प्राप्त भएको छ,’ उनले भने, ‘विशेष गरी अध्यक्षले प्रमाण बिना मेरो दोषको बारेमा गहिरो पक्षपातपूर्ण टिप्पणी गरिसकेका छन्।’

प्रीमियरशिप डाउनिंग स्ट्रीट कार्यालय तथा निवासमा कोभिड–१९ को मापदण्ड तोडेर पार्टी गरेको अभियोग उनीमाथि लाग्दै आएको छ। उनले कोभिड–१९ का नियमहरु तोडेर पार्टी गरे पछि बेलायतभरी आलोचना भएको थियो।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ९ : १३ बजे

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक,

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा