गोप्य कागजात प्रकरण : दोषी ठहरिए ट्रम्पलाई २० वर्ष जेल « Khabarhub

गोप्य कागजात प्रकरण : दोषी ठहरिए ट्रम्पलाई २० वर्ष जेल


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिंगटन- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मार ए लागो कागजात प्रकरण’ मा दोषी ठहरिए २० वर्ष जेल सजाय हुने भएको छ ।

संघीय अभियोजकहरूबाट उनलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियोग पुष्टि भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ ।

न्याय विभागले लगाएको अभियोग अनुसार ट्रम्पले जनवरी २०२१ मा ह्वाइट हाउस छोड्दा पेन्टागन, सीआईए, राष्ट्रिय सुरक्षा एजेन्सी र अन्य गुप्तचर एजेन्सीहरूबाट गोप्य कागजातहरू लिएर गए ।

फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको अभियोग अनुसार, ट्रम्पले फ्लोरिडाको ‘मार ए लागो’ निवासको  क्लबमा ती गोप्य दस्तावेजहरू असुरक्षित रूपमा राखेको र नियमित रूपमा हजारौं पाहुनाहरूसँग ठूला सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गरेका थिए ।

कम्तिमा दुई अवसरहरूमा उनले अमेरिकी सैन्य अपरेसनहरूको कागजातसमेत अरूलाई देखाएका थिए । ट्रम्पले अमेरिकाका भावी योजनाहरूका गोप्य कागजातहरू देखाएर राज्य विररूद्ध अपराध गरेको अभियोग पत्रमा उल्लेख छ ।

अभियोगमा अगाडि भनिएको छ, ‘ट्रम्पले लिएर गएका गोप्य कागजातहरूमा संयुक्त राज्य अमेरिका र विदेशी रक्षा नीति र हतियार क्षमताहरू, संयुक्त राज्यको आणविक कार्यक्रम, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको सैन्य आक्रमणको सम्भावित कमजोरीहरू र प्रतिक्रियामा सम्भावित प्रतिशोधको योजनाहरू समावेश छन्।’

सो कागजातहरूमा विदेश आक्रमणका योजनाहरू पनि समावेश रहेका छन् । अभियोगमा भनिएको छ, ‘यी गोप्य कागजातहरूको अनधिकृत खुलासाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्छ।’

जसका कारणा ट्रम्पमाथि राष्ट्रिय प्रतिरक्षा सूचना जानीजानी लुकाउने, न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र लुकाउने र गलत बयान दिनेलगायत ३७ वटा मुद्दामा अभियोग लगाइएको छ ।

न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले दायर गरेको आरोपमा प्रत्येक गणनामा २० वर्षसम्मको जेल सजायको माग गरिएको छ ।

यसैगरी, ट्रम्पका सहयोगी वाल्ट नाउटामाथि ट्रम्पलाई कागजात लुकाउन सहयोग गरेको ६ वटा आरोप लगाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १० : ४० बजे

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था, १७ जनाको मृत्यु

दमौली– तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई