सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला « Khabarhub

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टीकापुर घटनामा सर्वोच्च अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिनु गलत भएको बताएका छन् ।

आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउनका लागि दण्डहीनतालाई प्रश्रय दिने काम भएको बताए । 

तीन वटै तहको अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत चौधरीलाई आममाफी दिनुले लोकतन्त्रलाई नै कमजोर बनाउने उनको ठम्याइ छ ।

उनले भने, उच्च अदालत, जिल्ला अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’

यस्तै, कोइरालाले सरकारले निर्वाचन कार्यालयलाई सीडीयो मातहतमा राख्न खोज्नु गलत भएकाले सच्याउनुपर्ने बताए ।

आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले सो निर्णय गरेकाले विरोध गर्नु परेको उनको भनाइ छ ।

उनले कांग्रेस कमजोर नभएको उल्लेख गर्दै मानसिकता मात्र कमजोर भएको बताए । उनले हीन भावना लिएर नबस्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कांग्रेस कमजोर भएको छैन । हाम्रो मानसिकता कमजोर भएको हो ।’

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १२ : ३२ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र