सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला « Khabarhub

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टीकापुर घटनामा सर्वोच्च अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिनु गलत भएको बताएका छन् ।

आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउनका लागि दण्डहीनतालाई प्रश्रय दिने काम भएको बताए । 

तीन वटै तहको अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत चौधरीलाई आममाफी दिनुले लोकतन्त्रलाई नै कमजोर बनाउने उनको ठम्याइ छ ।

उनले भने, उच्च अदालत, जिल्ला अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’

यस्तै, कोइरालाले सरकारले निर्वाचन कार्यालयलाई सीडीयो मातहतमा राख्न खोज्नु गलत भएकाले सच्याउनुपर्ने बताए ।

आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले सो निर्णय गरेकाले विरोध गर्नु परेको उनको भनाइ छ ।

उनले कांग्रेस कमजोर नभएको उल्लेख गर्दै मानसिकता मात्र कमजोर भएको बताए । उनले हीन भावना लिएर नबस्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कांग्रेस कमजोर भएको छैन । हाम्रो मानसिकता कमजोर भएको हो ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  १२ : ३२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर