चुलाचुलीका २३ परिवारलाई पुर्जा वितरण | Khabarhub Khabarhub

चुलाचुलीका २३ परिवारलाई पुर्जा वितरण


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे -चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो। जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन्। जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन्।

सो गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ। उहाँले योसँगै जिल्लामा रहेका सुकुम्वासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताए।

अन्य भूमिहीनले समेत तत्काल आफूहरुलाई समेत जग्गाको धनीपुर्र्जा दिन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनको समस्या समाधानका सङ्घीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए। उनले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरु तयार रहेको पनि बताए।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १ : १९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले