नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान « Khabarhub

नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ ।

समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।

यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको हो। विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४-५ डिग्री सेल्सियस रहँदै आएको थियो ।

नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  २ : ०० बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक