बेनीमा ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन « Khabarhub

बेनीमा ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरेको छ । 

आमासमूहलाई परिचालन गरेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिलालाई आर्थिकरूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी बनाउँदै सामाजिकरुपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । 

‘समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमासमूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन खोजेका छौँ’, उनले भने । 

महिला आर्थिकरुपमा सक्षम भएमा हिंसा न्यूनीकरण हुनुका साथै रोजगारीको सिर्जना भई आत्मनिर्भर हुने भएकाले महिलालाई समाजमा अगाडि ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख लामिछानेको भनाइ थियो । उनका अनुसार दुई वटा वडाका तीन-तीन वटा आमासमूहले आयआर्जन र सीपमूलक काम सुरु गरेका छन्। 

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रू २० लाख विनियोजन भएकामा कार्यक्रमका लागि नगरपालिकाले वडा नं ३ र ९ लाई छनोट गरेको छ । 

बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमासमूहले स्थानीय जातका कुखुरापालन सुरु गरेका छन् । तीन वटा समूहमा आबद्ध ३५ जनालाई खोर निर्माणका लागि अनुदानका साथै कुखुरापालन सम्बन्धी तालिम र चल्ला वितरण गरिने वडा नं ३ का वडाध्यक्ष रत्न जिसीले बताए ।
वडा नं ९ को गलेश्वर आमासमूहमा आबद्ध २० जना महिलाहरूका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम सुरु भएको छ । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम शनिबारदेखि सुरु भएको वडाअध्यक्ष चक्र केसीले बताए । 

‘सामाजिक समस्याका रुपमा देखिएको लागूऔषध दुर्व्यसनी न्यूनीकरणका लागि टोलस्तरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । घतानका १७ आमासमूहलाई तीन वटा समूहको कार्यक्रममा आबद्ध गराएका छौँ’, उनले भने । 

तालिममा सहभागी महिलालाई व्यवसाय गर्न कच्चापदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  २ : ३३ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष