बेनीमा ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन « Khabarhub

बेनीमा ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरेको छ । 

आमासमूहलाई परिचालन गरेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिलालाई आर्थिकरूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी बनाउँदै सामाजिकरुपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । 

‘समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमासमूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन खोजेका छौँ’, उनले भने । 

महिला आर्थिकरुपमा सक्षम भएमा हिंसा न्यूनीकरण हुनुका साथै रोजगारीको सिर्जना भई आत्मनिर्भर हुने भएकाले महिलालाई समाजमा अगाडि ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख लामिछानेको भनाइ थियो । उनका अनुसार दुई वटा वडाका तीन-तीन वटा आमासमूहले आयआर्जन र सीपमूलक काम सुरु गरेका छन्। 

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रू २० लाख विनियोजन भएकामा कार्यक्रमका लागि नगरपालिकाले वडा नं ३ र ९ लाई छनोट गरेको छ । 

बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमासमूहले स्थानीय जातका कुखुरापालन सुरु गरेका छन् । तीन वटा समूहमा आबद्ध ३५ जनालाई खोर निर्माणका लागि अनुदानका साथै कुखुरापालन सम्बन्धी तालिम र चल्ला वितरण गरिने वडा नं ३ का वडाध्यक्ष रत्न जिसीले बताए ।
वडा नं ९ को गलेश्वर आमासमूहमा आबद्ध २० जना महिलाहरूका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम सुरु भएको छ । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम शनिबारदेखि सुरु भएको वडाअध्यक्ष चक्र केसीले बताए । 

‘सामाजिक समस्याका रुपमा देखिएको लागूऔषध दुर्व्यसनी न्यूनीकरणका लागि टोलस्तरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । घतानका १७ आमासमूहलाई तीन वटा समूहको कार्यक्रममा आबद्ध गराएका छौँ’, उनले भने । 

तालिममा सहभागी महिलालाई व्यवसाय गर्न कच्चापदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  २ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका