राष्ट्रहित विपरीतको कार्यलाई खबरदारी गर्छौँ : रवि लामिछाने « Khabarhub

राष्ट्रहित विपरीतको कार्यलाई खबरदारी गर्छौँ : रवि लामिछाने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरितका काम हुन नदिन संसद्‌मा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची-काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसद्‌मा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित विपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताएका हुन् । उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित विपरीतको कार्यलाई खबरदारी गरिरहने जिकिर गरे । 

लामिछानेले रास्वपालाई जनताले दिएको म्यान्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको बताए । २०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाएको भएपनि त्यो बाटोसम्म पुग्नका लागि घेराबन्दी गर्ने काम भइरहेको उनले बताए । सभापति लामिछानेले नागरिकता विधेयकको प्रक्रियाप्रति असन्तुष्टि जनाउदा रास्वपा नै नागरिकताको विरोधमा रहेको भन्दै भ्रम छर्ने काम गरिएको उल्लेख गर्दै नागरिकले नागरिकता पाउनुपर्नेमा कुनै दुविधा नरहेको बताए । 

त्यस्तै उनले आफू व्यक्तिगत काममा भारत जाँदा अनेक अर्थ लगाउने भएकाले नै परराष्ट्रमा जानकारी गराएर गएको बताए । कार्यक्रममा रास्वपा सांसद डा स्वर्णीम वाग्लेले जनताको जनजिविका लगायत सुशासनका मुद्दामा रास्वपाले आवश्यक पहलकदमी लिने उल्लेख गरे । उनले नागरिकको भरोसालाई जगेर्ना गर्दै पार्टीलाई जनताको मुद्दामा केन्द्रित गर्ने बताए ।

वाग्लेले अवसर आएको खण्डमा आगामी निर्वाचनमा यसअघिको निर्वाचन भन्दा पनि सानदार ढंगले जित निकाल्ने बताए ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ३ : ११ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख