‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना « Khabarhub

‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बोसिया खेललाई प्रचार-प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपांगता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र अतिअशक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत) अपांगता भएका खेलाडीबीच बोसिया खेल खेलाइएको थियो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एकदिवसीय प्रदर्शनीमा अपांगता भएका व्यक्तिका अभिभावकलाई विशेषगरी अपांगता भएका व्यक्तिले खेल्ने बोसिया खेलका बारेमा विस्तृत  जानकारी गराइएको थियो । प्रदर्शनीमा ६० अपांगता भएका खेलाडीको सहभागिता थियो । 

सङ्घका अध्यक्ष गोमा पौडेलले भने, ‘बोसिया खेलको प्रसारप्रचार गर्न तथा  अपांगता भएका व्यक्तिलाई थेरापी होस् भन्ने उद्देश्यले खेल प्रदर्शनीको आयोजना गरिएको हो ।’ अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको विकासका लागि नीति तथा कार्यक्रम र विशेष बजेटको व्यवस्था गर्नुपर्ने, अपांगता भएका व्यक्तिबीच नै प्रतिस्पर्धा हुने गरी राष्ट्रियस्तरको खेल प्रतियोगिता आयोजना गर्नुपर्ने, बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिएर अगाडि बढाउनुपर्ने, खेलसम्बन्धी नीति नियम, ऐन कानुनलाई अपाङ्गमैत्री बनाउनुपर्ने, अपांगता भएका व्यक्ति त्यसमा पनि अति अशक्तलाई राज्यले विशेष सुविधा दिनुपर्ने र बोसिया खेललाई राष्ट्रिय खेलको मान्यता दिनुपर्ने सङ्घले माग गरेको छ ।  

‘अपांगता भएका व्यक्तिलाई बोसिया खेलका लागि समस्या छ, उनीहरूलाई यातायातका साधन प्रयोग गर्न समस्या छ, आर्थिक अभाव छ । त्यसका लागि सरकारले विशेष बजेटमार्फत भत्ताको व्यवस्था गर्नुपर्छ, अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै सहयोगीको व्यवस्था गर्नुपर्छ’, उनले भने । सो अवसरमा काठमाडौँ महानगरपालिका-११ की वडा सदस्य आशा श्रेष्ठले अपांगमैत्री खेलका निम्ति राज्यले नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ४ : ४० बजे

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७

लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ

काठमाडौं–  लुटपाटमा संलग्न रहेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा