दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आज देशको शिर ठाडो पारेर भारतबाट फर्किएको प्रधानमन्त्रीकाे भनाई, राष्ट्रहित विपरीतको कार्यलाई खबरदारी गर्ने रवि लामिछानेको भनाई, आम जनता पार्टीका दुई संगठनबीच एकता, सरकारविरुद्धको मुद्दामा एनसेलको हार, बाँकी ४५ अर्ब तिर्नुपर्ने, गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई लगायतले प्रमुख स्थान पाए ।

देशको शिर ठाडो पारेर भारतबाट फर्किएको प्रधानमन्त्रीकाे भनाई 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन् ।

‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्‍यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’ प्रधानमन्त्रीले भने , ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्। राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्वहरू विरोधका लागि विरोध गरिरहेका छन्, तपाई हामी सचेत हुन जरूरी छ।’

राष्ट्रहित विपरीतको कार्यलाई खबरदारी गर्ने रवि लामिछानेको भनाई

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरितका काम हुन नदिन संसद्‌मा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची-काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसद्‌मा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित विपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताएका हुन् । उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित विपरीतको कार्यलाई खबरदारी गरिरहने जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथ पुगेर आरती अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् ।

उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।

प्रजातन्त्र सुदृढका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक : देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताएका हुन् ।

उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउँदै गाउ-गाउ घर घर मा पुर्‍याउनुपर्नेमा जोड दिए । अहिले गठबन्धनको सरकार देशमा रहेको भन्दै गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनले बताए ।

वर्तमान सरकारले राष्ट्रियताको रक्षा गर्न नसक्ने एमाले अध्यक्ष ओलीको भनाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केही पनि बोल्न नसकेको, नेपालका नदिहरू भारतलाई सितैमा सुम्पेर आएको भन्दै राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका हुन् । उनले एमालेको सरकार परिवर्तन भएपनि दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गरे ।

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेकी छन् ।

मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सधैँ तत्पर रहेको बताइन्। नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारणसभामा उनले भनिन्, ‘मोबाइल मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय साधन बनिसकेको छ, २०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’ अभियानलाई मूर्त रूप दिँदै वर्तमान सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख भइसकेको छ ।’

मन्त्री शर्माले मोबाइल आयातलाई भन्दा बिग्रेका मोबाइललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिन् । उनले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनीकरण हुने भएकाले ति व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कूल बजेटको एक प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताइन् ।

आम जनता पार्टीका दुई संगठनबीच एकता

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का दुई भातृ संगठनबीच एकता भएको छ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडेरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको अध्यक्ष साहले बताए ।

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टीकापुर घटनामा सर्वोच्च अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिनु गलत भएको बताएका छन् ।

आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउनका लागि दण्डहीनतालाई प्रश्रय दिने काम भएको बताए ।

तीन वटै तहको अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत चौधरीलाई आममाफी दिनुले लोकतन्त्रलाई नै कमजोर बनाउने उनको ठम्याइ छ ।

उनले भने, उच्च अदालत, जिल्ला अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’

सरकारविरुद्धको मुद्दामा एनसेलको हार, बाँकी ४५ अर्ब तिर्नुपर्ने

एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने कर, शुल्क र जरिबाना सम्बन्धी मुद्दा हारेको छ। नेपाल सरकारविरुद्ध इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा दर्ता गराएको मुद्दामा एनसेलको मातृ कम्पनी आक्जियटा ग्रुप बरहादले हारेको हो।

शेयर बिक्रीको पुँजीगत लाभ कर विवादको समाधान गरिदिन आक्जियटाले दिएको निवेदनमा आईसीएसआईडीले सरकारको पक्षमा फैसला सुनाएको कानूनसचिव धनराज ज्ञवालीले बताएका छन्। विश्व बैंकको लगानीमा स्थापित अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय आईसीएसआईडीमा आक्जियटाले २०७६ वैशाखमा नेपालको आन्तरिक राजस्व विभागविरुद्ध निवेदन दर्ता गराएको थियो।

विकासका कुरालाई राजनीतिक आँखाले हेर्नु हुँदैन : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् ।

नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई शुक्रबार सम्बोधन गर्दै उनले विकासलाई राजनीतिक रङ्ग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रष्ट पारे ।

सांसद चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरूलाई समान नजरले हेर्ने गरेको स्पष्ट पारे । उनले भने, ‘विकासका योजनालाई गुण र दोषका आधारमा मात्रै देख्छौं । त्यसका बारेमा हामी लागिरहेका छौं र लागिरहन्छौं ।’

सांसद चौधरीले आफूले क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरिरहेको बताए । उनले चुनावी प्रतिवद्धता अनुसार काम गर्न इमान्दारितापूर्वक सक्रिय रहेको स्पष्ट पारे ।

गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार २०७९’ वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ। विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ। उक्त स्मारिकाको शुक्रबार साहित्यकार सरुभक्त श्रेष्ठले विमोचन गरेका थिए।

आउँदो मंगलबारदेखि गर्मी कम हुने पूर्वानुमान

नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।

अरब सागरमा विकसित भएको बिपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।

आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ९ : ०० बजे

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले