वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक  « Khabarhub

वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक 


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुन्दर, सफा र स्वच्छ हरियाली बनाउने अभियानमा सबैको सक्रियता जरुरी भएको बताएका छन् ।

नेपाल टेलिकमले मैनादेवी फाउण्डेशनको सहकार्यमा सञ्चालन गरेको ‘नेपाल टेलिकम क्लिन अप प्रिमियर लिग’ को आज समापनका अवसरमा उनले वातावरणीय सन्तुलन कायम राख्न र यसबारे जनचेतना अभिवृद्धि गर्न कलेजहरूले गरेको कार्य निकै प्रशंसनीय भएको बताए। मन्त्री आचार्यले यसबाट वातावरण संरक्षणप्रतिको जागरुकता सबैमा जगाउन प्रेरणा मिलेको र यसमा अन्य सङ्घसंस्थालाई पनि हातेमालो गर्न प्रेरणा मिल्ने बताए। 

सांसद आरजु राणा देउवाले वातावरण स्वच्छ राख्न सबैमा प्रेरणा जगाउने कार्यमा नेपाल टेलिकम जस्ता संस्थाहरूले सहयोग गरेकोमा आभार व्यक्त गर्दै अहिलेका युवा पुस्तालाई यसबाट वातावरण संरक्षणमा धेरै महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

नेपाल टेलिकमका प्रबन्धक रीना डङ्गोलले युवा पुस्तालाई विभिन्न कार्यमा लाग्न कम्पनीले प्रेरित गरिरहेको बताए। मैनादेवी फाउण्डेशनका संस्थापक केपी खनालले देशभरका विभिन्न स्थानको सरसफाइ कार्यमा फाउण्डेशन सक्रिय रहेको र अब काठमाडौँ उपत्यकापश्चात देशका अन्य क्षेत्रमा नयाँ सफाइ अभियानको थालनी गरिने बताए ।

काठमाडौँ उपत्यकाका १५ कलेजका विद्यार्थीहरू सहभागी सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो क्षेत्रमा सरसफाइ गर्नुका साथै सो क्षेत्रलाई सरसफाइको नमूना बनाउनका लागि आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । प्रतियोगितामा समृद्धि कलेजले पहिलो स्थान, जया मल्टिपल कलेजले दोस्रो स्थान र इम्पेरियल बिजनेस कलेजले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । मन्त्री आचार्यले विजेता कलेजलाई पुरस्कृत गरेका थिए ।

गत वैशाख ९ गते विश्व पृथ्वी दिवसका दिन नेपाल टेलिकमको केन्द्रीय कार्यालय प्राङ्गणबाट सो कार्यक्रमको शुभारम्भ गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीले हरेक साता शुक्रबार वा शनिबार सरसफाइ कार्य गरेका थिए ।

उनीहरूले कलेज क्षेत्रका विभिन्न स्थानमा सरसफाइ गर्ने मात्र नभई भविष्यमा फोहोर नै हुन नदिनका लागि समेत आफ्ना अवधारणा प्रस्तुत गरेका थिए । यसबाट भविष्यमा जलवायु परिवर्तन र वातावरण संरक्षणको बारेमा सबैको चासो बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ७ : १८ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको