धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा « Khabarhub

धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे ।

सो अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गती हटाएर जनतालाई सहज एवम् सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएको बताए । उनले प्रदेशका आठ वटै जिल्ला अस्पतालका समस्या समाधान र सार्वजनिक स्वास्थ्यमा नागरिकको विश्वास जागृत गर्ने गरी सेवाप्रवाहमा सुधार वर्तमान सरकारको प्राथमिक विषय भएको बताए ।

“मधेस प्रदेश स्वास्थ्य क्षेत्रमा पनि पछाडि परेको छ । सबैको सहकार्य भए यस क्षेत्रका समस्या समाधान गर्न सकिन्छ”, मन्त्री सिंहले भने, “आगामी आर्थिक वर्षको बजेटमा यी समस्याहरु सम्बोधनको प्रयास हुनेछ ।” विशेष गरी महिलामा पाठेघरको क्यान्सर र बालबालिका लक्षित विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । जिल्ला तथा पालिकास्तरीय अस्पतालमा स्वास्थ्य उपकरणसहितको सेवाप्रवाहमा सरकारको जोड रहने उन्को भनाइ छ ।

उनले नागरिक नजिक रहेका स्वास्थ्य संस्थाको व्यवस्थापनमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ९ : ५६ बजे

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री